× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    रामकुमार पाँडे र राजाराम पौडेललाई भैरव पुरस्कार

    ४ वर्ष पहिले

    नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६\७७ का लागि क्रमशः राम कुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ।

    पाँडे चर्चित व्यङग्यकार हुन भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो। भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र पचास हजार रुपैयाँ रहेको छ।
    वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

    हाल कोभिड–१९ को संक्रमण जोखिम रहेकाले उपयुक्त अवस्थामा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।

    २०४६ साल देखि प्रत्येक २\२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने पनि रिजालले बताए।