× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकी ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

    ४ वर्ष पहिले

    एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र बिबिसिले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।
    पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा भने २१४ इलेक्ट्रोरल मत प्राप्त भएको छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।
    ७८ वर्षीय बाइडेन अमेरिकी राष्ट्रपति चुनावी इतिहासमा सबै भन्दा बढि उमेर राष्ट्रपति बन्न सफल हुनु भएको छ । पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन संगै उनले सबैलाई धन्यबाद ब्यक्त गरेका छन् ,भने उनका समर्थकहरु सडकमा निक्लेर बिजय उत्सव मनाई रहेका छन् ।कुनै कानुनी अड्चन नआएमा आगामी जनावरी देखि बाइडेनले राष्ट्रपतिको पद समाल्नु हुनेछ ।