× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतीय-अफ्रिकी मुलकी कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित

    ४ वर्ष पहिले

    एजेन्सी । भारतीय-अफ्रिकी–दक्षिण मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए ।

    डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुगेको हो ।

    अमेरिकी राजनीतिक इतिहासमा कमला शीर्ष स्थानमा पुग्नु भनेको महिलाका लागि पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ ।क्यालिफोर्नियाकी सिनेटर कमलाले उपराष्ट्रपतिमा निर्वाचन जित्नुलाई अमेरिकी इतिहासमा ठूलो उपलब्धिका रुपमा पनि लिइएको छ । हार्वड विश्वविद्यालयमा पढेकी कमला सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी थिइन् ।

    उनी आमा श्यामला गोपालन ह्यारिस भारतमा जन्मिएकी हुन् । उनको अमेरिकामा सन् २००९ मा क्यान्सरका कारण निधन भएको थियो । श्यामला खासमा क्यान्सर रोगबारे अध्ययन गर्ने विश्वका चर्चित व्यक्तिमध्ये एक हुन् । कमलाका बाबु चाहिँ जमैकाका अर्थशास्त्रका प्रोफेसर हुन् । उनी पनि अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको थियो । कमलाका बाबुको नाम हो, डोनाल्ड । कमलाका बाबु डोनाल्ड र श्यामलाले सन् १९७२ मा नै सम्बन्धविच्छेद गरेका थिए।

    उनी उपराष्ट्रपतिको दौडमा छँदा भारतको केरलामा उनको जितका लागि पूजाआजा पनि गरिएको थियो।

    भारतमा कांग्रेस नेता रञ्जन चौधरीले भारत सरकारले ह्यारिसको विजयको शानदार र भव्य स्वागत गर्नुपर्ने बताएका छन्।