× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज कुकुर तिहार र लक्ष्मीपूजा

    ४ वर्ष पहिले

    यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । यो साल कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक २९ गते शनिबार एकै दिन परेको छ । शुक्रबार अपराह्न ४ बजेर १२ मिनेटदेखि लाग्ने चतुर्दशी तिथि शनिबार बिहान एक बजेर ४९ मिनेटसम्म जारी रहन्छ । शनिबार बिहान नरक नुहाउने गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीको दिन नरक नुहाउँदा सूर्याेदयभन्दा अगाडि नै नुहाउनुपर्ने भएकाले शनिबारका लागि तय भएको हो ।

    त्यस्तै, कात्तिक महिनाको औंसी तिथिको अर्धरात्रिमा लक्ष्मीपूजा मनाउनुपर्ने विधान छ । शनिबारको दिन बिहान तिथि चतुर्दशी भए पनि राति औंसी हुने र अर्काेदिन राति औंसी तिथि बाँकी नरहने भएकोले शनिबार नै लक्ष्मीपूजा समेत मनाउनु परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।