× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको इच्छाकामना गाउँपालिकामा देउसीभैलो खेल्नमा रोक

    ४ वर्ष पहिले

    चितवनको इच्छाकामना गाउँपालिका मा देउसी भैलो नगर्नको लागि स्थानीय निकायले अनुरोध गरेको छ ।

    कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चाडपर्व जात्रा महोत्सव आदिका नाममा देउसीभैलो जुवातास लंगुरबुर्जा नखेल्न, पटका लगायत बारुदजन्य पदार्थ नपड्काउन अनावश्यक भेला नगर्न र आफ्नो इलाकामा त्यस्ता गतिविधिहरु हुन नदिन गाउँपालिकाले स्थानीयवासीहरु मा अनुरोध गरेको छ ।

    इच्छाकामना गाउँपालिका का प्रशासकीय अधिकृत बाँसु पण्डितले शुक्रबार सूचना जारी गर्दै यो अनुरोध गरेको हो ।

    केही दिन अघिमात्र जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको थियो