× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    हारसंगै साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिगको समूह चरणबाटै बाहिरियो

    ४ वर्ष पहिले

    एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।
    फ्रान्सको जितका लागि एनगोलो कान्टेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए।
    यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ । फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो ।

    फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ । क्रोएसिया र स्विडेनको समान ३-३ अंक छ । अंक तालिकाको पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ । शनिबारकै खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।