× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना भाइरस संक्रमित थपिए,थप ९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ ।
    २४ घण्टामा ४ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख १३ हजार ९ सय ११ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८३.५९ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय १३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ हजार १३ जना रहेको छ ।