× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर ३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४ सय ७६ पुगेको छ ।
    २४ घण्टामा ३ हजार १ सय १२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख १७ हजार २३ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४७ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७८ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ हजार ३ जना रहेको छ ।