× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज नेवार समुदायको किजा पुजा, सार्वजनिक विदा

    ४ वर्ष पहिले

    मंसिर २, हिजो सोमबार भाइटीका नलगाएका नेवार समुदायले आज मंगलबार लगाउँदैछन् । सोमबार म्हः पूजा गरेका नेवार समुदायले मंगलबार किजा पूजा अर्थात् भाइटीका लगाउनेछन् । सरकारले आज किजा पुजाको अवसरमा सार्वजनिक विदा पनि दिएको छ । सोमबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । मंगलबार बिहान केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ । कतिपय नेवारहरुले नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार सोमबार नै किजा पूजा मनाएका छन् ।

    सरकारले नेवार समुदायले किजा पुजा (भाइटीका )मंसिर २ गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेवाः समूदायले काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएका छन् । तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो । यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ । यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सगुन दिने चलन रहेको छ ।