× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।
    २४ घण्टामा ६ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २६ हजार ४ सय २१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ४ सय ५७ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ९ सय १० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय २६ जना र भेन्टिलेटरमा ५४ जनाको उपचार भईरहेको छ ।