× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर ४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
    २४ घण्टामा ९ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ७ सय ६७ जना रहेको छ ।