× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १६६९ जना कोरोना भाइरस संक्रमित थपिए,थप १६ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर(७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
    २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ६० हजार ७५ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ६ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ३ सय ५१ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९०.३ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ६ सय ८६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५९ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भईरहेको छ ।