× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान

    ४ वर्ष पहिले

    मंसिर -८,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिए जनाएको छ ।

    महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको जानकारी दिएको छ ।

    यसैगरी, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । भने, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । साथै, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।