× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १७९० जना कोरोना भाइरस संक्रमित थपिए,थप २४ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर ९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
    २४ घण्टामा १० हजार ८ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ८१ हजार २ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.४२ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ६ सय २७ जना रहेको छ ।