× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १९४८ जना कोरोना भाइरस संक्रमित थपिए,थप २८ जनाको मृत्युु

    ४ वर्ष पहिले

    मंसिर-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
    २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १६ लाख ९० हजार ५ सय ९ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ९ सय ६३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ६ सय १२ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ३ सय ५१ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ६ सय ६९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ४५ जना र भेन्टिलेटरमा ६३ जनाको उपचार भईरहेको छ ।