× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजबाट उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु,१३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन

    ४ वर्ष पहिले

    उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदै छ ।

    साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र १२ गते हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ ।

    गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । त्यसपछि पनि पटक–पटक साधारणसभाको मिति तोकिए पनि लकडाउनका कारण स्थगित हुँदै आएको थियो ।

    वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । बाँकी पदहरुमा भने चुनाव हुनेछ ।

    गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    महासंघको निर्वाचनका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने महासंघको सचिवालयले जनाएको छ ।

    कोभिड १९ को जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दाभिन्दै ठाउँमा निर्वाचन कार्यक्रम तय गरिएको हो ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ