× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ‘इरानी परमाणु बमका पिता’ मोहसिन फखरीजादेहको हत्या

    ४ वर्ष पहिले

    एजेन्सी–इरानमा शीर्ष परमाणु वैज्ञानिकको हत्या गरिएको छ। इरानी रक्षा मन्त्रालयले वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएकाे जनाएको हो। राजधानी तेहराननजिकैको सहर अवसार्डमा गरिएको आक्रमणमा घाइते भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको हो।

    इरानी विदेशमन्त्री मोहम्मद जवाद जरीफले फखरीजादेहको हत्याको भर्त्सना गर्दै यसलाई ‘राज्य प्रायोजित आतंकको घटना’ भनेका छन्। विदेश मन्त्रालयका अनुसार फखरीजादेह चढेको कारलाई निशाना बनाएर आक्रमण गरिएको र त्यसक्रममा आक्रमणकारी र फखरीजादेहका अंगरक्षकबीच झडप भएको थियो।

    प्रत्यक्षदर्शीले पहिले बिस्फोट र त्यसपछि मेशिनगनको आवाज सुनिएको जनाएका छन्। त्यसक्रममा ४ आक्रमणकारी मारिएको पनि बताइएको छ।

    विदेशमन्त्री जरिफले ट्वीट गर्दै ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं, हत्याराको युद्ध गर्ने उद्धेश्य देखिन्छ,’ भनेका छन्। उनले इरानले आफ्ना वैज्ञानिकको हत्याको बदला लिने पनि चेतावनी दिएका छन्।

    पश्चिमी देशका गुप्तचर संयन्त्रका अनुसार इरानी गोप्य रुपमा चलाएको परमाणु हतियार कार्यक्रममा फखरीजादेहको संलग्नता थियो। पश्चिमी मुलुकहरुले उनलाई ‘इरानी परमाणु बमका पिता’ भन्ने गर्थे। इरानले भने परमाणु कार्यक्रम शान्तिपूर्ण उद्धेश्यले भएको बताउँदै आएको छ।

    सन् २०१० र २०१२ को बीचमा पनि इरानका ४ परमाणु वैज्ञानिकको हत्या गरिएको थियो। इरानले त्यसका लागि इजरायललाई दोषी ठहर्‍याएको थियो।