× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १३८० जना कोरोना भाइरस संक्रमित थपिए,थप १९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।
    २४ घण्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख १९ हजार ८ सय २८ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा ५ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.५ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ६ सय १८ जना रहेको छ ।