× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    किशाेर प्रधानलाइ उछिन्दै महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

    ४ वर्ष पहिले

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा प्रतिद्वन्द्वी किशोर प्रधानलाइ पछि पार्दै चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एसोसिएटबाट ५२२, वस्तुगतबाट ५९ र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरि बिजयी भएका हुन।

    ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले भने एसोसिएटबाट ३७४, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट जम्मा ५३ मत मात्र प्राप्त गर्न सफल रहे । 
    ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ निर्वाचित भएका छन् । 

    वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

    वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले देश बिकासकाे लागी नीजि क्षेत्रकाे भूमिका अहम रहदै आएकाे बताउदैअध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्याकाे समाधानकाे निम्ति आफु लागी पर्ने बताए ।