× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चिनियाँ रक्षामन्त्री वेई फेंग्हे काठमाडौँ अवतरण

    ४ वर्ष पहिले

    मंसिर-१४, चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एयर चाईनाको विमानमार्फत् त्रिभुवन विमानस्थल अवतरण भएका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् ।

    चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका वेई विभानस्थलबाट सिधैं बालुवाटारस्थित चिनियाँ दूतावास जाने छन् ।

    चिनियाँ रक्षामन्त्री वेईले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यस्तै उनले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

    चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।