× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    दोस्रो वान-डे खेलमा पनि अस्ट्रेलिया विजयी

    ४ वर्ष पहिले

    अस्ट्रेलिया दोस्रो वान-डे खेलमा रनले ५१ रनले विजयी भएको छ।३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरा ओभर खेल्दै ९ विकेट जाँदा ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

    पहिलो एकदिवसीय ६६ रनले हारेको भारतले दोस्रो खेल हारे सँगै अस्ट्रेलियासँगको एकदिवसीय सिरिजमा भारत पराजित भएको छ।

    आइतबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्दै पूरा ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो। स्टेभेन स्मिथले ६४ बलमा १ सय ४ रन बनाएका थिए। यसअघि सिरिजको पहिलो खेलमा पनि उनले शतक नै बताएका थिए।

    यस्तै डेभिड वार्नरले ७७ बलमा ८३ रन, आरोन फिन्चले ६९ बलमा ६०, मार्नस लाबसकाग्नेले ६१ बलमा ७० रन साथै ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाए।

    ३९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले पूरा ओभर खेल्दै ९ विकेट जाँदा ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

    भारतका लागि कप्तान विराट कोहलीले ८७ बलमा ८९ रन बनाए। मयंक अग्रवालले २६ बलमा २८ रन, शिखर धावनले २३ बलमा ३०, श्रेयस ऐयरले ३६ बलमा ३८ रन, के एल राहुलले ६६ बलमा ७६ रन, हार्दिक पाण्ड्याले ३१ बलमा २८ रन साथै रविन्द्र जडेजाले ११ बलमा २४ रन बनाए।

    सिरिजको तेस्रो खेल आउने बुधबार हुनेछ। तेस्रो एकदिवसीय पछि भारत र अस्ट्रेलियाले तीन खेलको टी ट्वान्टी सिरिजका साथै चार खेलको टेस्ट सिरिज पनि खेल्नेछन्।