× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १४७४ जना कोरोना भाइरस संक्रमित थपिए,थप २९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
    २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ३७ हजार ७ सय ४७ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख १४ हजार ५ सय २९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९१.८९ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय ३५ जना रहेको छ ।