× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १३०४ जना कोरोना भाइरस संक्रमित थपिए,थप २१ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।
    २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२.२६ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २१ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ६ सय १६ जना रहेको छ ।