× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२७२ जना कोरोना भाइरस संक्रमित थपिए,थप १६ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
    २४ घण्टामा ८ हजार ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२.८७ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय ३७ जना रहेको छ ।