× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    उत्तर कोरियामा कोरोना नियम नमानेको भन्दै एक जनालाई गोली हानी मारियो

    ४ वर्ष पहिले

    उत्तर कोरियामा कोरोना भाइरसबाट जोगिन लागू गरिएका नियम नमानेको भन्दै एक जनाको गोली हानी मारिएकोछ।

    चिनियाँ सीमामा तस्करी गरेको आरोपमा उनलाई गत नोभेम्बर २८ तारिखमा गोली हानेर मारेको रेडियो फ्री एसियाले जनाएको छ।

    नागरिकले कोरोनाभाइरसबाट जोगिन मान्न पर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले तर्साउनका लागि सार्वजनिक रूपमै उनलाई गोली हानी मारिएको समाचार उल्लेख गरिएको छ।

    उत्तर कोरियाले अहिलेसम्म कोरोनाभाइरसका संक्रमित नभेटिएको दाबी गर्दै आएको छ।

    उत्तर कोरियाका शासक किम जोङ उनले कोरोनाबाट जोगिन अल्ट्रा हाइ लेभल इमर्जेन्सी क्वारेन्टिनका उपाय अपनाएका छन्। चीनसँगको सीमामा आवातजावत गर्न खोज्नेलाई उनले गोली हान्न आदेश दिएको बताइएको छ।

    गोली हानेर मारिएका पुरूष अन्दाजी ५० वर्षका हुन्। उनीमाथि सीमा पारीका चिनियाँहरूसँग मिलेर तस्करी गरेको आरोप थियो।

    सैनिकहरू आफैँ नै तस्करीमा नलागून् भनेर पोङ्गयाङबाट विशेष टोली पनि खटाइएको छ।

    उनले भाइरसबाट जोगिन पोङ्गयाङमा लकडाउन गरेको र समुन्द्रमा माछा मार्नसमेत प्रतिबन्ध लगाएको दक्षिण कोरियाको गुप्तचर एजेन्सीले गत हप्ता बताएको थियो।

    एजेन्सीका अनुसार गत अगष्टमा पोङ्गयाङकै एक अधिकारीलाई विदेशबाट सामान ल्याएको भन्दै मारिएको थियो।