४ वर्ष पहिले
मंसिर २०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
२४ घण्टामा ६ हजार ७४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ७८ हजार २४ जनाको पिसिआर भएको जनाईएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९३.४ रहेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट थप १० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय ३६ जना रहेको छ ।