× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    फ्रान्समा सुरक्षा कानुनको विरोधमा हिंसात्मक प्रदर्शन, आठ प्रहरी घाइते

    ४ वर्ष पहिले

    फ्रान्समा विवादास्पद सुरक्षा कानुन मस्यौदाको विरोधमा जारी प्रदर्शन हिंसात्मक भएको छ। राजधानी पेरिसमा प्रदर्शनकारीले दर्जनौं सवारीसाधनमा आगजनी तथा पसल तोडफोड गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

    उक्त कानुनका विरोधमा शनिबार फ्रान्सभर करिब १ सय प्रदर्शन भएका थिए। प्रहरीले देशभर ६४ प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। गलत उद्धेश्य भएका प्रहरीको फोटो खिच्नु गैरकानुनी हुने गरी तयार पारिएको उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको हो।

    सरकारविरोधी समूह तथा ‘हेल्लो भेष्ट मुभमेन्ट’ले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा केही कालो कपडा र माक्स लगाएका प्रदर्शनकारीहरुले सवारी साधनहरुमा आगजनी तथा पसलहरुमा तोडफोड गरेपछि प्रहरीसँग झडप हुन पुगेको हो ।प्रदर्शनमा आठ प्रहरी घाइते भएका छन् ।

    उक्त कानुन प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन उल्लंघन गर्नेलाई १ वर्ष जेल र ५४ हजार डलरसम्म जरिवानाको प्रस्ताव गरिएको छ।

    फ्रान्समा एक सातादेखि देशव्यापी आन्दोलन भइरहेको छ। तीन गोरा प्रहरीले एक काला जातिका म्युजिक प्रोड्युसरलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रदर्शन अझ चर्किएको छ।

    आन्दोलन चर्किएपछि गत साता राष्ट्रपति इम्यानुअल म्याक्रोंले कानुन पुनः लेखन गरिने जनाएका थिए। उनले हिंसात्मक रुपमा उत्रने प्रहरीलाई कारबाही आवश्यक रहेको बताएका थिए। बिबिसी