× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अमेरिकी इतिहासकै पहिलो अश्वेत रक्षामन्त्री

    ४ वर्ष पहिले

    एजेन्सी। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्षामन्त्रीका रूपमा सेनाका निवृत्त जनरल लोयड अस्टिनलाई चुनेका छन्।

    उनी रक्षामन्त्रीमा नियुक्त भएपछि अमेरिकी इतिहासमै उक्त पदमा पुग्ने पहिलो अश्वेत नागरिक हुनेछन्। अमेरिकी मिडियाले यो समाचार प्रकाशित गरेका छन्।

    लोयड फोर स्टार जनरल हुन्। उनी युद्ध मैदानमा ख्याति कमाएका व्यक्ति हुन्। अब उनलाई बाइडेनले पेन्टागनमा रक्षामन्त्री पद सम्हाल्न चुनेका हुन्।

    अमेरिकी न्युज वेबसाइट ‘पोलिटिको’का अनुसार लोयड यस्ता अश्वेत जनरल हुन्, जसले सेनाको एक डिभिजनको युद्ध मैदानमा नेतृत्व गरेका थिए। मंगलबार बिहान उनको नियुक्तिको घोषणा गरिएको हो।

    अमेरिकी सेनाको सेन्ट्रल कमान्डबाट उनी २०१६ मा निवृत्त भएका थिए। राष्ट्रपतिमा बाइडेनको जितपछि उनलाई रक्षामन्त्रीको प्रवल दाबेदारका रुपमा हेरिँदै आएको थियो ।

    पूर्वराष्ट्रपति बाराक ओबामाका एकजना सहयोगीलाई पनि यो पदको दाबेदारका रूपमा हेरिएको थियो। तर, उनलाई उछिनेर लोयड चुनिए। विगत केही सातादेखि बाइडेनमाथि कुनै अश्वेतलाई रक्षामन्त्रीका रुपमा चुन्न दबाब पर्दै आएको थियो।

    बाइडेनका एक सहयोगी बेन्नी थम्सनले दक्षिणी क्षेत्रमा बसोबास गर्दै आएका र सेनामा शानदार छवि बनाएका लोयडको नियुक्ति उचित भएको बताएका छन्। जनरल लोयड रक्षामन्त्रीका लागि एकदमै उचित पात्र भएको उनको भनाइ थियो।

    लोयड अमेरिकाको संकटको समयमा सधैं खरो साबित हुँदै आएका सेना हुन्। सेनामा उनको ठूलो सम्मान छ। लोयडमाथि बाइडेनको भरोसा यसकारण पनि छ कि, उनी उपराष्ट्रपति छँदा सँगै काम गरेका थिए।

    इराक संकटका क्रममा पनि बाइडेन र लोयडले सँगै काम गरेका थिए। उनी इराकमा अन्तिम अमेरिकी कमान्डिङ जनरल थिए।