× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मनकामना केवुलकार यहि मंसिर २८ गते आइतबारदेखि सुचारू हुने

    ४ वर्ष पहिले

    गाेरखा, मंसिर २३। काेभिड १९ काे महामारीकाे कारण नेपाल सरकारले लकडाउन शुरू गर्नु भन्दा ३ दिन अगावै परिस्थितिकाे गम्भिरतालाइ बुझेर पुर्ण रूपमा बन्द भएकाे नेपालको पहिलो केबुलकार (मनकामना केवलकार) अब यहि मंसिर २८ गते आइतबारदेखि सुचारू हुने भएकाे छ ।

    यहि मंसिर ८ गते २३औं वर्षमा प्रवेश गरेको मनकामना केवुलकार आठ महिनादेखि पुर्णरूपमा बन्द रहेको थियाे । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन् । असाेज देखि माघ महिनासम्म अत्यधिक भिड हुने मनकामनामा लकडाउनकाे पुर्ण असर देखिएकाे थियाे तर केहि समयदेखि पैदल र माेटर गाडीबाट मनकामना पुग्ने भक्तजनहरूकाे चहलपहलसंगै स्थानीय र सराेकारवालाहरूकाे ध्यानाकर्षण भएकाे हाे । “बन्द सधैकाे र सबै समस्याकाे हल हुन सक्दैन, अब हामीले शुरक्षा सतर्कता अपनाएर भएपनि दिनचर्या अगाडी बढाउनुकाे कुनै बिकल्प छैन र याे हाम्राे जिम्मेवारी पनि हाे” मनकामना उधाेग बाणिज्य संघका अध्यक्ष हरि श्रेष्ठले बताउनु भयाे ।

    नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाएर केवुलकार सञ्चालन गर्न कम्पनिले आफ्नो तर्फबाट सबै प्रक्रिया पुरा गरी तयारी अवस्थामा रहेको समेत जानकारी गराएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत ध्यानमा राखेर केवलकार नखोलिएको तर अहिले मनकामना क्षेत्र बिकास समिति, स्थानीय, उद्योगी, व्यवसायी र सराेकारवालाहरू सबैकाे आपसी सहमतिमा खुला गरिन लागेकाे कम्पनीका कार्यबाहक नायब महाप्रबन्धक उज्वल शेरचनले जनाएको छ ।

    यात्रु तथा र्दशनार्थीहरुको सुविधालाई ध्यानमा राखेर मनकामना दर्शन प्रा. लि.ले केवुलकारको टिकट ई–सेवा मार्फत खरिद गर्न सकिने व्यवस्था समेत गरेको छ । अव टिकट खरिदको लागी यात्रुहरुले लामो लाईन बस्नु नपर्ने साथै काउण्टरमै टिकट लिनुपर्ने अवस्था भएमा फोनपे मार्फत डिजिटल पेमेन्ट पनि गर्न सकिने व्यवस्था कम्पनिले गरेको जानकारी गराउदै हाल कोरोनाको महामारीको अवस्थामा यो सुविधाले सबैको लागी थप सहज हुने शेरचनले जानकारी गराउनु भएको छ ।

    केवुलकार खुल्ने भएसंगै स्थानीय कृषकहरू पनि उत्साहित भएका छन । सुन्तलाकाे प्रमुख गन्तव्यकाे रूपमा समेत ख्याति कमाएकाे मनकामनाकाे सुन्तला नेपाल भरि नै प्रख्यात मानिन्छ । उच्च पहाडि भेककाे सुन्तला भएकाे कारण यहाकाे सुन्तला अत्यधिक गुलियाे र रसिलाे हुने पारखीहरू बताउछन । बार्षिक लाखाैकाे सुन्तला व्यवसाय गर्ने कृषकहरू उत्साहित हुनुकाे संगसंगै शुरक्षा मापदण्ड अप्नाएर व्यवसाय गर्न आबश्यक रणनीतिकाे लागी उधाेग बाणिज्य तयार रहेकाे समेत उ.वा.संघ. अध्यक्ष श्रेष्ठले बताउनु भयाे ।