× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.११ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
    २४ घण्टामा ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ९९ हजार ६ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.११ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप २३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय २३ जना रहेको छ ।