× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेकाे नेपाल र चीन सरकारकाे संयुक्त घाेषणा

    ४ वर्ष पहिले

    काठमाण्डौं, मंसिर २३ – विश्वकै शिरले सुपरिचित सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको नेपाल सरकारले घोषणा गरेको छ ।

    नेपाल र चीन सरकारले मंगलबार भर्चुअल माध्यम मार्फत एक कार्यक्रम गर्दै एकैसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका छन । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको जनाएको छ । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर यस अघिसम्म कायम रहेको थियो ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दै नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको नयाँ उचाइ पत्ता लगाएको समेत कार्यक्रममा जानकारी गराउनु भयो ।

    सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजीम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चिनका सरकारी टोली खटिएका थिए ।