× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर आइतबारदेखि खुल्ने

    ४ वर्ष पहिले

    मंसिर २४, गोरखा सदरमुकामस्थित गोरखनाथ र गोरखकाली मन्दिर आइतबारदेखि खुल्ने भएको छ ।
    पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निर्णय धमाधम भएसँगै गोरखनाथ र गोरखकाली मन्दिर पनि खुल्ने भएको हो ।नौ महिनाअघि गत चैत ११ गते लकडाउन भएसँगै यी मन्दिरहरु बन्द भएका थिए । लकडाउन, बजार तथा अन्य सबै निकाय खुले पनि मन्दिरहरु भने खुलेका थिएनन् ।

    गोरखा जिल्लामा रहेको मनकामना र गोरखकाली दुवै मन्दिरलाई आउँदो आइतबारदेखि खुलाउन एकैसाथ अनुमति प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाए ।

    गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका गोरखनाथ र गोरखकाली मन्दिरलाई स्वास्थ्य मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको छ । बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(सिसिएमसी) समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

    मनकामना मन्दिर, गोरखनाथ र गोरखकाली मन्दिर खुलाउने अनुमतिका लागि पत्र प्राप्त भएको बताउँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बिहिबार सिसिएमसीको बैठक बसी निर्णय गर्ने जानकारी दिए ।अन्नपुर्ण बाट