× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • कृषि

    भारतको एकल दाबी विरुद्ध नेपालको विरोध

    ४ वर्ष पहिले

    भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ ।

    सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध गर्ने तयारी थालेको छ । भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न यूरोपेली संघमा निवेदन पेश गरेपछि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्तीमार्पmत जानकारी दिएको छ ।

    बासमती धान परापूर्वकालदेखि नेपालमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने सरकारको भनाइ छ । उक्त प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटार ललितपुरमार्पmत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालका तर्फबाट राष्ट्रिय कृषि आनुवांशिक केन्द्रले चाँडै नै आधिकारिक दाबी पेश गर्ने मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

    विश्व व्यापार संगठन आएपछि बासमती धानको विषयमा अमेरिकामा भारतले मुद्दा गरेको थियो ।बासमतीको हाइब्रिड धानमा अमेरिकी कम्पनीले हक कायम गरेपछि भारतले यसविरुद्ध मुद्दा लडेको थियो, उसले मुद्दा जितेपछि भारतबाट बासमती अमेरिका निर्यात हुन थालेको थियो । बासमतीमा पाकिस्तानले समेत दाबी गरेको थियो ।रासस