× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जलविरेमा विजुलीको पोलमा बोलेरो ठोक्कियो २ को घटनास्थलमै मृत्यु, ११ घाइते ।

    ४ वर्ष पहिले

    मंसिर २६, चितवन
    चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ जलविरेमा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु ११ घाइते भएका छन् । ना ४ च ५०५० नम्बरको बोलेरो जलविरे–चण्डिभज्याङ्ग ग्रामिण सडक खण्ड अन्तरगत लामो झर्ना नजिकै जलविरेमा दुर्घटना भएको हो । याक्राङ देखि मुग्लिन आउने क्रममा जीप अनियन्त्रीत भई विजुलीको पोलमा ठोक्किदा करेन्ट लागेर चालक सहित २ जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा बोलेको चालक इच्छाकामना गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३० का निर्मल गुरुङ्ग र सोही स्थानका वर्ष ५० का खिमा गुरुङ्ग रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुर्य बहादुर राना मगरले जानकारी दिएका छन्। त्यस्तै दुर्घटनामा परि घाइतेहुनेहरुमा चन्द्रमाया चेपाङ, सुकमति चेपाङ, कविता चेपाङ, तिलक बहादुर गुरुङ, तुली माया गुरुङ, दिपा क्षेत्री, बालकृष्ण भट्टराई, कान्छीमाया चेपाङ, सिता गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।