× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    मंसिर -२६,नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । खड्का स्वयंले आफूलाई कोरोना संक्रमण भएको शुक्रबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् ।

    आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुई दिनदेखि आइसोलेट भएर बसेको उनले बताएका छन् । हिजो साँझबाट सुध्ने र स्वाद थाहा पाउने क्षमता गुमेको उनले जानकारी दिएका छन् ।

    आज बिहान गरिएको पिसिआर परीक्षणको रिपोर्ट साँझ आएको र रिपोर्ट पोजेटिभ आएको पारसले बताएका छन् । अहिले चिकित्सकको निगरानी र सुझाव अनुसार घरमै आइसोलेसनमा बसिरहेको खड्काले जानकारी दिएका छन् ।

    चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोगार्थ भोलिबाट हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउनु परेकोमा दुःखी भएको उनले बताएका छन्।