× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८२१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.९१ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय २१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
    २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ३६ हजार ४ सय ६४ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.९१ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ४ सय ७१ जना रहेको छ ।