× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नारायणी नदी किनारलाई ‘सी बीच’का रुपमा विकास गरिँदै

    ४ वर्ष पहिले

    चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्ने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडि ल्याएको हो । देशकै मध्यभागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भन्नुभयो हामीले एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।

    दाहालले यस मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने बताउनुभयो । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि (बुधबार) टेण्डर आब्हान समेत गराएको छ । झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आब्हान गरिएको छ ।

    जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाउँमा पार्किङ स्थल र गार्डेनिङ बनाइनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेकोे थियो ।गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम भइरहेको छ ।

    पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर बाेट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ । नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिले पनि एक दर्जन साना मोटरबाेट सञ्चालनमा छ । यहाँ हरेक वर्ष ठुला मेला तथा महोत्सव लाग्दै आएको छ । यही स्थानलाई सि बिचको रुपमा अगाडि बढाउन लागिएको हो । हरेक दिन यहाँ दुइ हजारभन्दा धेरै व्यक्ति घुम्न आउने गर्दछन् । गोरखापत्रबाट