× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.३५ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर ३०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।
    २४ घण्टामा ७ हजार १ सय १७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.३५ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय ५७ जना रहेको छ ।