× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९५.४१ प्रतिशत

    ४ वर्ष पहिले

    पौष १, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ४९ हजार १ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ६३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९५.४१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ५२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८९ जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भईरहेको छ ।