× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनलाई ऐतिहासिक सफलता,चन्द्रमाबाट माटो र ढुंगा लिएर फर्कियो चिनियाँ यान

    ४ वर्ष पहिले

    अन्तरिक्ष अभियानमा चिनले ऐतिहासिक सफलता प्राप्त गरेको छ । चीनको अन्तरिक्ष यान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो ।

    चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।

    चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

    चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए । यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।