× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    भारतले इतिहासकै खराब प्रदर्शन गर्दै पहिलो टेष्ट ८ विकेटले गुमायो, कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्

    ४ वर्ष पहिले

    पहिलो टेष्टमा भारतले इतिहासकै खराब प्रदर्शन गर्दै पहिलो टेष्ट अष्ट्रेलिया संग ८ विकेटले पराजित भएको छ । यससँगै चार खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

    दोस्रो इनिङ्समा खराब ब्याटिङ गरेको भारत ३६ रनमै अलआउट भयो । टेष्ट क्रिकेटमा भारतको अहिलेसम्मकै कम स्कोर हो ।

    भारतका लागि मायांक अग्रवाल ५ र जसप्रित शुमराह शुन्यले खेल थालेका थिए । बुमराह २ रन बनाएर आउट भएपछि भारतले निरन्तर विकेट गुमायो । कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    भारतका लागि मायांक अग्रवालले सर्वाधिक ९ रन बनाए ।

    चेतेश्वर पुजारा शुन्य , कप्तान विराट कोहली ४, उपकप्तान अजिन्का रहाने शुन्य, ऋद्धिमन साह ४, हनुमा विहारी ८, रविचन्द्र आश्विन शुन्यमा आउट भए । शामी १ रन बनाएर रिटार्ड हर्ट भए । उमेश यादव ४ रनमा अविजित रहे ।

    भारतलाई सस्तोमा अलआउट गर्न अष्ट्रेलियाका जोस हाजलउडले ५ र प्याट कमिङ्सले ४ विकेट लिए । हाजलउडले ५ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिएर ५ विकेट लिए । उनले टेष्टमा २०० विकेट पनि पूरा गरे ।

    यस्तै कमिङ्सले १०.२ ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्कले ६ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै ७ रन खर्चिए । नाथन लियोनले बलिङ नै गरेनन् ।

    एडेलेइडमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २४४ रन बनाएको थियो । यस्तै अष्ट्रेलियाले पहिलो इनिङ्समा १९१ रन बनाएको थियो ।अ

    अष्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पायो, जसलाई घरेलु टोलीले २१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    अस्ट्रेलियाका लागि ओपनर जोए बर्न्सले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । उनले छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

    अर्को ओपनर म्याथ्यु वेडले ३३ रन जोडे । वेडलाई विकेटकिपर ऋद्धिमन साहले रनआउट गरेका थिए । मार्नुस लाबुसचेन ६ रन बनाएर आउट भए । उनलाई रवीचन्द्रन आश्विनले मायांक अग्रवालबाट क्याचआउट गराए ।स्टिभ स्मिथ १ रनमा अविजित रहे ।