× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    मास्क नलगाएको कारण राष्ट्रपतिलाई जरिवाना

    ४ वर्ष पहिले

    मास्क नलगाएको कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ।

    डिसेम्बरको सुरुमा राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उनीहरुबीचको दूरी पनि कम देखिन्थ्यो।

    डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए।

    चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ।

    स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्।