× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतमा प्रदर्शनको क्रममा २५ भन्दा बढी किसानहरूको मृत्यु

    ४ वर्ष पहिले

    पौष ५,भारतमा प्रदर्शनका क्रममा शुक्रबार सम्ममा २५ भन्दा बढी किसानहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरा ले जनाएका छन् ।

    उत्तरी हरियाणा राज्यका प्रहरी प्रमुख मनोज यादवले अलजजिरा सँग कुरा गर्दै २५ भन्दा बढी किसानहरूको मृत्यु भइसकेको जनाएको छ।

    मृत्यु हुनेमध्ये दशजना चिसो तथा ह्रदयघात कारणले भएको थियो भने दुईजनाले आन्दोलनकै क्रममा आत्मदाह गरेका थिए।

    प्रहरी अधिकारीका अनुसार प्रदर्शनमा सहभागी हुन पञ्जाब र दिल्ली राज्यबाट यात्रा गर्ने क्रममा कम्तीमा दशजनाको छुट्टाछुट्टै मृत्यु भएको थियो ।

    किसान नेता दर्शन पालले अलजजिरा सँग कुरा गर्दै कालो कानुनको विरुद्ध संघर्ष गर्दा ३५ भन्दा बढी किसानहरूको मृत्यु भएको जनाएको छ ।

    अखिल भारत किसान संघर्ष समितिका प्रवक्ता आशुतोष मिश्रका अनुसार प्रदर्शनमा सहभागी हुने क्रममा पाँचजना किसानहरूको दुर्घटनामा मृत्यु भएको हो ।

    नयाँ कृषि कानुनको विरोधमा हजारौं किसानहरु नयाँदिल्लीमा जमघट भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी अधिकांश ६० वा ६० वर्षभन्दा माथिका रहेका छन् । उनीहरु खुला आकाशमुनि टेन्ट टाँगेर रात गुजारिरहेका छन् । बढ्दो चिसोको कारण आगामी दिन झन् कठिन हुने प्रवक्ता आशुतोष मिश्र बताउनुहुन्छ