× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा

    ४ वर्ष पहिले

    पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।

    राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिमा प्रतिनिधि सभाको विघटन गरेसँगै वैशाख १७ र २७ गते निर्वाचन हुने भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रतिनिधि सभा विघटन गरि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि मिति तोकिएको हो।