× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्वार्ता

    ईच्छाकामना गाउँपालिकाको समृद्धिको निम्ति पर्यटनको भूमिका र चुनौती

    ४ वर्ष पहिले

    – श्री राम बहादुर लामा

    बिषय प्रबेश :
    नेपालमा पर्यटन उद्योगले राष्ट्रिय अर्थतन्त्रको सबैभन्दा सबल र स्थायी मेरुदण्डको रुपमा आफ्नो बिशिष्ट महत्व र अस्तित्वलाई स्थापित तुल्याएको छ। पर्यटन बिदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना गर्ने माध्यम मात्र नभएर पर्यटन बिकासका कारण सिर्जित हुने आय आर्जनका प्रतिफलहरुलाई समाजको तल्लो तहसम्म न्यायोचित बितरण गर्नेदेखि दुर्गम भेगमा एकीकृत भौतिक तथा सामाजिक बिकासको निम्ति एक स्थायी अबशरको ढोकाको  रुपमा समेत  हेर्न गरिन्छ। जसको कारण आज संसारका सबै देशले पर्यटन उध्योगलाई प्रमुख प्रार्थमिकता प्रदान गरेर आर्थिक बिकासको रफ्तारलाई तेज तुल्याएको देखिन्छ। नेपाल जस्तो अल्पबिकसित देश जहा औध्योगिक बिकासका सम्भाबनाहरु न्यून छन, निर्यातजन्य उत्पादन गरी बिदेशी मूद्रा आर्जन गर्ने क्षमता कम छन, प्रतिष्पर्धात्मक क्षमता प्रर्दशन गरी बिश्व बजारमा बिक्न र टिक्न सक्ने ब्यापारिक उत्पादनहरुको शून्य प्राय स्थिति रहेको छ। यस परिप्रेक्ष्यमा प्रकृतिले सित्तैमा उपलब्ध गराएका अतुलनिय उतुङग हिम श्रृङखलाहरु, हिम मूलबाट फुटी आएका कलकलाउदो स्निग्ध चीसा नदीहरु, खोलाहरु, ताल तलैयाहरु, पहाडका उच्च टाकुरी र घना जंगलहरु, बिश्वमै दुर्लभ र आकर्षक बन्यजन्तुहरु, कहि कतै नपाउने, नभएको अनुपम अतुलनिय संस्कृति र चाल चलनहरु, ऐतिहासिक एबं धार्मिक सम्पदाहरु, फरक- फरक स्तर र घनत्वका हावापानीहरु,  बहुजातिय, बहुधार्मिक सामाजिक संरचनाहरु, बिधिबतायुक्त भौगोलिक बिशेषताले सुसज्जित मरोरम स्थलहरु, बाह्रैमास मानी पूजी आउने देब देबालयहरु, जात्रा, पर्बहरु हाम्रो श्रीबृद्धि र सम्मृद्धिका सुन्दर श्रोतहरु हुन, अजर अमर हाम्रा सम्पत्तिहरु हुन। त्यसकारण नेपाल बिश्व पर्यटनको मानचित्रमा एउटा बिशिष्ट बिशेषताले भरिएको महत्पूर्ण हैसियत राख्ने देशको रुपमा लिने गरिन्छ। मान्छेको जीबनकालमा एकपटक नपुगी नहुने पर्यटन गनतब्य स्थलको रुपमा चित्रित गरेका  पाईन्छ।  यही भौगोलिक र सांस्कृतिक एबं धार्मिक पृथकताहरु, यही मूल बिशेषताहरुनै हामीले पर्यटनको बिश्व बजारमा गर्बका साथ पस्किने आकर्षक पर्यटन प्रोडक्ट हुन। 

    चितवन जिल्लाको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका जो साबिकका ४ वटा पहाडी गाबिसहरु दारेचोक, काउले, चण्डिभन्ज्याङ, दाहखानी गाभिएर ७ वटा वडामा बिभाजित भई निर्माण गरिएको छ। यस गाउँपालिकाको पूर्वमा धादिङजिल्लाको बेनीघाट रोराङ गाउँपालिका, पश्चिममा तन्हूँको आबुखैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाको २९ नं वडा र उत्तरमा गोर्खा जिल्लाको शहिद लखन र गण्डकी गाउँपालिका र दक्षिणमा चितवन जिल्लाकै कालिका नगरपालिका रहेका छन। राजधानी काठमाण्डौ देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका सुमुन्द्री सतह ५०० मीटर उचाई देखि १९४६ मिटर उचाइमा अबस्थित रहेका छन।  बिशिष्ट भौगोलिग बिशेषता र बिधिवताले भरिपूर्ण ईच्छाकामना गाउँपालिकाको सिङगो भू-भाग स्वंयमा एउटा खुल्ला पर्यटनशाला हो भन्दा अत्युक्ति नहोला ।

    नेपालको तेस्रो ठूलो पर्यटन गनतब्यको रुपमा प्रसिद्ध चितवन जिल्लाको उत्तरी भागमा पर्ने ईच्छाकामना गाउँपालिका चितवन जिल्लाकै शिरको रुपमा रहेको अग्लो भूभाग शिराईचुली रहेका छन भने होचो भू-भाग तिरको रुपमा रहेको त्रिशुली नदी रहेका छन। चितबन  जस्तो भित्री मदेशको जिल्लामा चैत बैशाखको धूपमा पनि गम्लाङ सिरक ओडनु पर्ने पहाडी बस्ती र टाकुराहरु ईच्छाकामना गाउँपालिकामा अबस्थित रहेका छन। नेपालकै सर्बाधिक सडक यातयातको चाप हुने पृथ्बी राजमार्ग र नारायगढ-मुग्लिङ राजमार्गको लगभग २८ किलोमीटर सडक खण्ड यसै क्षेत्रमा पर्छ भने नेपालको पहिलो केबुलकार मनकामना केबुलकार पनि यही रहेका छन। सारमा फरक फरक बिशेषता र बिधिबतायुक्त स्थल  र सम्पदाले परिबेष्ठित ईच्छाकामना गाउँपालिकामा पर्यटन बिकासका प्रशस्त सम्भाबनाहरु रहेका छन। यही सम्भाबनाको धरातलमा उभिएर पर्यटन बिकासको योजना र चुनौतीका क्षेत्रहरुमा केन्द्रित रहेर यो लेख कोरिएको छ।

    पृष्ठभूमि :
    नेपालको तेस्रो प्रमुख पर्यटन गनतब्यको रुपमा परिचित चितवन जिल्लालाई देशकै प्रथम प्रमुख पर्यटन केन्द्र काठमाण्डौ र दोश्रो प्रमुख पर्यटन गनतब्य पोखरालाई सडक मार्गबाट जोडने प्रबेशबिन्दुको रुपमा ईच्छाकामना गाउँपालिका रहेका छन भने आन्तरिक पर्यटनको रुपमा मुलुकै प्रमुख गनतब्यको रुपमा रहेको गोरखाको मनकामना मन्दिर सम्म पुग्ने प्रमुख नाका र स्थलको रुपमा यसै गाउँपालिकाको बडा नं ३ मा नेपालको पहिलो केबुलकार मनकामना केबुलकार  रहेका छन। बिश्वका उत्कृष्ट १० राफ्टिङको लागि प्रसिद्ध नदीहरु मध्ये टप टेनभित्र पर्ने त्रिशुली नदी पनि यसै गाउँपालिकाको भू-भाग भएर बग्छिन। बिश्वका उत्कृष्ट १० क्यानोईनको लागि प्रसिद्ध स्थानको रुपमा यसै गाउँपालिकाको जलबिरेस्थित लामो झरना अबस्थित रहेका छन भने चितवन जिल्लाको पुरानो सदरमुकाम  उपरदाङ गढी पनि यसै गाउँपालिकाको वडा नं ७ मा रहेका छन।

    नेपालकै सबैभन्दा पिछडिएको सीमान्तकृत जाति चेपाङ जातिको सबैभन्दा बढी बसोबास भएको यस गाउँपालिकामा चेपाङ जाति पछि गुरुङ, तामाङ, मगर र नेवार जाति रहेको पाईन्छ। आधा दर्जन जति तारे स्तरिय होटल रिसोर्ट सहित होटल तथा फास्ट फुड रेष्टुरेन्टले यहाको प्रमुख बजारहरु ढाकिएको पाईन्छ। मनकामना मन्दिर जतिकै पौराणिक र धार्मिक महत्व बोकेको मनकामना देबीकै सहोदर काहिली बहिनी ईच्छाकामना देबीको मन्दिर पनि यसै गाउँपालिकाको वडा नं ५ मा रहेको छन भने प्रकृति स्वंयले तयार पारेको त्रिशुली नदीकै काखमा अजङको १० टनभन्दा ठूलो भीमकाय एउटै ढुङगाले निर्मित  शिब लिङ रहेको गुप्तेश्वर जलेश्वर महादेब धाम पनि यही छन। जुन शिबलिङलाई साक्षत शिब भगबानले धसेको त्रिशुलबाट धरा फाटी उत्पत्ति भएको त्रिशुली नदीले अहोरात्र अभिषेक गरिरहेकी छिन। जुन स्थान मुग्लिङमा रहेको छ।

    चितवन जिल्लाकै एकमात्र सुन्तला खेती हुने स्थान पनि यसै गाउँपालिकामा पर्दछ। खाना खाने होटलको रुपमा नेपालकै नम्बर वान डेस्टिनेशन पनि यसै स्थानमा रहेका छन। फरक फरक बिशेषता र महत्वको स्थान र सम्पदाले सुसज्जित ईच्छाकामना गाउँपालिका चितवन जिल्लाको मात्र होईन नेपालकै पर्यटनको मानचित्रमा एउटा बिशिष्ट महत्व राख्ने स्थानमा रहेको देखिन्छ। पर्यटन बिकासको दृष्टिकोणले प्रचूर सम्भाबना बोकेको ईच्छाकामना गाउँपालिकाको समग्र बिकासको निम्ति कृषि र पर्यटन एउटा अचुक अस्त्रको रुपमा रहेको देखिन्छ। आन्तरिक तथा बाहय पर्यटक भित्र्याउनको निम्ति सबल अनुकूललता रहेको देखिन्छ।  पर्यटकिय बिकास र बिस्तारको लागि प्रशस्त सम्भाबना बोकेका यहाका प्रमुख गनतब्य र ऐतिहासिक तथा धार्मिक सम्पदारुको आर्थिक र ब्यापारिक दोहनका निम्ति सुस्पष्ट मार्गचित्र तयार पारी पहल र प्रयास गर्न जरुरी देखिन्छ।

    पर्टयन प्रडक्टको बर्गिकरण र बिशेषता :
    पर्यटनका प्रोडक्ट मूलत २ कुराबाट निर्मित अथवा तयार पारिएको हुन्छ।

    प्रकृति स्वंयले सिर्जना गरेका प्रोडक्ट

    मानब स्वंयले  तयार पारिएको प्रोडक्ट

    हाम्रो हिम श्रृखलाहरु, ताल तलैयाहरु, बन्य जन्तुहरु, प्राकृतिक छटाहरु, नदीहरु, बन जंगलमा आधारित सबै पर्यटन गतिबिधिहरु प्रकृति स्वंयले सिर्जना गरेका प्रोडक्ट हुन भने मन्दिर, मठ, गुम्बा,  धार्मिक एबं ऐतिहासिक स्थलहरु, जात्रा, पर्ब र धार्मिक एबं सांस्कृतिक संस्कार र चाल चलनहरु मानब स्वंयले तयार पारिएको प्रोडक्टको श्रैणीमा आउछन। नेपालको पर्यटनको बिशेषता उपर घोत्लिदा दुबै श्रेणीका पर्यटन प्रोडक्टहरु पाईन्छ। यसै बिन्दुमा रहेर मीमांसा गर्दा चितवनको ईच्छाकामना गाउँपालिकामा रहेका पर्यटनका प्रोडक्टहरु दुबै श्रेणीका पाईन्छन र दुबैको समान महत्व र अर्थ रहेको देखिन्छ। ईच्छाकामना गाउँपालिकामा रहेका पर्यटन प्रडक्टलाई मूलत ४ भागमा बिभाजित गरी बर्गिकरण गर्न सकिन्छ।

    पर्यटन प्रडक्टको बर्गिकरण गर्दा बर्गिकृत सबै स्थान  र सम्पदाहरुको फरक फरक बिशेषताहरु रहेको देखिन्छ। पर्यटन बिकासको लागि यी फरक फरक बिशेषताको मूलकेन्द्रमा लक्षित रही ईन्टरभेन्सन गर्दा लक्ष्यभेदन गर्न सजिलो पर्छ। तर यसको लागि दूरगामी चिन्तन र ब्यबहारिक औ चुस्त प्राबिधिक कार्य प्रणालीको जरुरत देखिन्छ। यसका निम्ति स्थानीय तह देखि प्रदेश र संघ सरकार सँग कार्यगत समन्बय र अन्तर तहसम्मको साँझेदारीको आबश्यकता रहन्छ।

    बर्गिकरणका निम्ति प्रयोग गरिएका ४ फरक फरक बिधाहरुमा यस गाउँपालिकामा रहेका पर्यटकिय स्थान र सम्पदाहरुको सूचिकृत गर्दा निम्मानुसार गर्न सकिन्छ।

    • धार्मिक : यस बिधामा सूचिकृत गर्न सक्ने स्थान र सम्पदाहरु निम्नानुसार रहेका छन ।

    प्रसिद्ध ईच्छाकामना मन्दिर, गुप्तेश्चर जलेश्चर महादेब धाम, शंखदेबी मन्दिर, जलदेबी मन्दिर, शान्ति संगम बौद्ध गुम्बा, फिस्लिङ बौद्ध गुम्बा, सराकथोक बौद्ध गुम्बा, कुरिनटार ईच्छाकामना मन्दिर, बालगौरी पाथीभरा मन्दिर, सिद्धबाबाको मन्दिर आदि ।

    • ऐतिहासिक : यस बिधामा सूचिकृत गर्न सकिने स्थान र सम्पदाहरु निम्मानुसार रहेका छन ।

    उपरदाङ गढी, चिसापानी गढी, तोपा दुलो

    • प्राकृतिक : यस बिधामा सूचिकृत गर्न सकिने स्थान र सम्पदाहरु निम्मानुसार रहेका छन ।

    त्रिशुली नदी, लामो झरना, सिराईचुली

    • सांस्कृतिक : यस बिधामा सूचिकृत गर्न सकिने बिषयहरु निम्नानुसार रहेका छन ।

    चेपाङ, गुरुङ,तामाङ, मगर, नेवार, थकाली समुदायले आफ्नो जातिय संस्कार र परम्परा अनुसार मनाउने पर्ब र जात्राहरु हुन भने यस बाहेक ईच्छाकामना मन्दिर, बालगौरी पाथीभरा मन्दिर, गुप्तेश्वर जलेश्वर महादेब धाममा बार्षिक रुपमा मनाउने मेला र पर्ब रहेका छन ।

    ईच्छाकामना गाउँपालिकामा रहेका प्रमुख पर्यटकिय गनतब्यहरु :

    उपारदाङगढी :

    चितवन जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको उपरदाङगडी ईच्छाकामना गाउँपालिकाको वडा नं ७ मा अबस्घित रहेको छ। सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवन जिल्लाको रुपमा रहेको पाईन्छ भने विक्रम सम्बत २०१६ सालसम्म महत्वपूर्ण सरकारी अडडा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए। ऐतिहासिक यो किल्ला समुन्द्रको सतहदेखि १२७५ मिटर उचाईमा पर्ने यो किल्ला  ६ सय ३९ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ।

    तत्कालिन बाईसे-चौबिसे राज्य एकीकरणका बेला अंग्रेज फौज बिरुद्धको युद्धको समयमा नेपाली भूमिको रक्षाको लागि सन १८०० को शुरुतिर पृथ्बीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको देखिन्छ। बाह्रै मास जाडो हुने यो स्थलमा आकाश सफा भएको बेला मनास्लु, गणेश हिमाल, अन्नपूर्ण हिमाल प्रष्टसँग देख्न सकिन्छ। जुरेली, रानी चरी, कुथ्रेके, तोरीगाडे, चाँचर, हुँचुल, न्याउली, भ्याकुर जस्ता पहाडी भू-भागमा रमाउने चराचुरुङगी देख्न सकिन्छ।

    उपरदाङगढी नजिकै रहेको चिसापानीटार चरा अबलोकनको लगि राम्रो स्थानको रुपमा बिस्तारै प्रसिद्धि कमाउदै गईरहेको पाईन्छ। चितवनको शक्तिखोरबाट र काउलेबाट पहाडी मोटरबाटोबाट सहजसगै उपरदाङगडी पुग्न सकिन्छ। यस स्थलबाट चितवन जिल्लाका समथर भू-भागहरु सबै छर्लङग देख्न सकिन्छ। चेपाङ र गुरुङ जातिको पातलो बस्ती यसको बरपर रहेको पाईन्छ। उत्तरी भागमा भीमकाय पहाड, मन हर्ने हिम श्रृखला, दक्षिणी भागमा चितवन उपतयकाको सुन्दर दृश्यले सबैको मन लोभ्याउछ। 

    यहा आउने पाहुनाहरुको लागि पैदल मार्ग (ट्रेकिङ रुट) निर्मित तुल्याएको छ। हुग्दी हुदै हात्तिबाङ, सिराईचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्जसम्म पर्यटकहरु पुग्ने गर्छन। पृथ्वीराजमार्गको फिस्लिङ बजारबाट मोटरबाटोबाट उपरदाङगढी पुग्न सकिन्छ। तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्धार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, ईनार लगायतका संरचनाहरु रहेका छन। ढुंगा, माटो र चुनबाट निर्माण गरिको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ। गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन। लगभग ३ फिट बाक्लो पर्खाको चारै दिशातर्फ तोप पडकाउने उद्धेश्यले निर्मित ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ।

    क्रमशः

    चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ। उत्तरी मोहडमा प्रबेशद्धार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ।