× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रधानमन्त्री द्वारा मन्त्रिपरिषद् बिस्तार, आजै सपथ हुने

    ४ वर्ष पहिले

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले आज थप ६ जनालाई मन्त्री पदको जिम्मेवारी दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

    जसअनुसार श्रममन्त्रीमा प्रभु शाह भएका छन् भने पर्यटनमन्त्रीमा मणि थापा , शिक्षामा दावा लामा र खानेपानी मन्त्रीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन्

    टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी सुम्पेको छ । पूर्व एमाले तर्फबाट अर्को एकजना पनि मन्त्री बन्दैछन्।

    प्रभु साह, मणि थापा र टोपबहादुर रायमाझी पूर्व माओवादी समूहका हुन्। उनीहरु नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर ओली समूहमा गएका थिए। माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाएकोमा साह असन्तुष्ट रहँदै आएका थिए। नेपाल र साह दुवै रौतहटका हुन्।

    नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने तयारी भइरहेको छ।