× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ओली समूहका युवाहरुले नेकपाको चितवन कार्यालयमा लगायो ताला

    ४ वर्ष पहिले

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले पार्टीको चितवन कार्यालयमा ताला लगाएको छ । राष्ट्रिय युवा संघका युवाहरुले पाटी कार्यालयमा ताला लगाएका हुन् ।

    युवा संघ र अनेरास्ववियूका युवाहरुले साविकको नेकपा एमालेको मदन आश्रित भवनमा कब्जा जमाएका हुन् । एमाले र माओवादीबीच एकता भएपछि सोही भवनलाई पार्टी कार्यालय बनाइएको थियो ।

    सत्तारुढ नेकपामा राजनीतिक फुट आएसँगै ओली समूह जिल्लास्थित पार्टी कार्यालय कब्जामा उत्रिएको छ । प्रचण्ड नेपाल समूह र ओली समूह गरी नेकपा दुई टुक्रा भएपछि कार्यालय कब्जाको घटना बढेको हो ।