× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५०० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.६६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

    २४ घण्टामा ५ हजार ४ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ५ हजार ८ सय २६ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.६६ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७सय ४९ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ३ सय ६९ जना रहेको छ ।