× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुर्घटना न्युनिकरणमा सहयोग पुर्‍याउन गाउपालिकाद्धारा ट्राफिक प्रहरी मुग्लिनलाई सडक सुरक्षा सामग्री हस्तान्तरण ।

    ४ वर्ष पहिले

    पौष ११, चितवन

    राजमार्गमा हुने दिनहुँ दुर्घटनालाई मध्यनजर गर्दै इच्छाकामना गाउपालिकाले दुर्घटनामा कमी ल्याउनको लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । इच्छाकामना गाउँपालिका वडा नं. ५ ले एक कार्यक्रम गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सवारी दूर्घटना न्यूनीकरणकामा सहयोग पुर्‍याउने उद्धेश्यले ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

    इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा इच्छाकामना गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष मोदराज सिलवालको सभापतित्वमा रोड ब्यारियर ७ थान, हिलटेक कोन ६ थान, सानो ट्राफिक कोन ११ थान, ट्राफिक ब्याटन लाइट २ थान, रिफ्लेक्टिङ स्टिकर १ रोल गरि रु १ लाख ५७ हजार ४ सय ९ रुपैया बराबरको सामग्रीहरु इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुर्य बहादुर मगर तथा ट्राफिक प्रहरी कार्यलय मुग्लिनका प्रमुख युवराज बसौलालाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।


    कार्यक्रममा बोल्दै प्रमुख अतिथी इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठले राजमार्गमा सवारी चापको व्यवस्थापनमा पु¥याएको भुमिकाको प्रसंशा गर्दै ट्राफिक प्रहरी कार्यालय मुग्लिनको लागि छुट्टै कार्यालय भवन निर्माण गर्न समेत पहल गरिने बताउनुभयो । त्यस्तै कार्यक्रमका सभापति इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोदराज सिलवालले राजमार्ग संगै बजार क्षेत्रमा ट्राफिक संकेतहरु राखी ट्राफिक व्यवस्थापन गर्न सहयोग गरिने बताउनु भएको छ ।


    ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा ९ जनाको दर्वन्दी रहेता पनि ५ जना जनशक्तिले धादिङ्गको मौवा खोला देखि चितवनको जुगेडी सम्म झण्डै ४० किलो मिटर सम्म ट्राफिक व्यवस्थापन गर्दै आइरहेको छ।