× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बृहत मर्मत सम्भारकाे समय भएकाेले पाैष १४ देखि २० गतेसम्म केवुलकार सेवा बन्द ।

    ४ वर्ष पहिले

    गाेरखा, पाैष १२ । लकडाउन अवधिमा लामाे समय बन्द रहेकाे मनकामना केवुलकार र मनकामना मन्दिर यहि मंसिर २८ गते आइतबार देखि नियमित सञ्चालनमा आएकाे थियाे । सञ्चालनकाे पहिलाे दिन नै करिब एक हजार भक्तजनहरूलाइ सेवा दिन सफल मनकामना केवुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनहरूकाे भिड बढ्ने क्रम जारी नै रहेकाे मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक श्री उज्वल शेरचन ज्युले जानकारी गराउनु भयाे ।

    बढ्दाे यात्रुहरूकाे चाप रहेतापनि सेड्युल मेन्टिनेन्स नजिकिदै गएकाे अवस्थामा टावर मेन्टिनेन्स लगाएतकाे केहि महत्वपुर्ण कामहरू तत्काल गरिहाल्न Doppelmayr, Austria काे प्राबिधिक निर्देशिका र आबश्यकतानुसार बृहत मर्मत सम्भारकाे समय भय अनुसार शुरक्षित र भरपर्दाे आफ्नाे सेवाकाे लागी परिचित मनकामना केवुलकार यहि पाैष १४ गते मंगलबारकाे दिन देखि एक हप्ताकाे लागी बन्द हुने जानकारी गराउनु भयाे । याे निर्णयसंगै यस अंग्रेजी नयाँ बर्षमा मनकामना दर्शनकाे लागी आउने भक्तजनहरूलाइ पर्न जाने असुविधा प्रति कम्पनि क्षमाप्रार्थी रहेकाे उद्धृत गर्दै कम्पनिले पाैष २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सुचारू गर्ने जानकारी समेत गराउनु भयाे । तर यस मेन्टिनेन्स अवधिमा केवुलकारमा सञ्चालित रेष्टुरेन्ट “दि मनकामना क्याफे” काे सेवा भने सुचारू नै रहने जानकारी गराउनु भयाे ।

    मनकामना केवुलकारकाे सेवा बन्द रहेतापनि मनकामना मन्दिर भने भक्तजनहरूकाे लागी नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले बताउनु भएकाे छ । लामाे समय लकडाउनकाे आहतबाट प्रताडित आम नेपालीहरूमा माता मनकामना माइकाे दर्शनकाे लागी पाल्नुहुने दर्शनार्थी एवं भक्तजनहरूमा स्वास्थ्य मापदण्ड अप्नाएर दर्शनकाे लागी आउन हुन समेत अनुराेध गर्नुभयाे ।